गण्डकी प्रदेशको मुख्यमन्त्री दावेदार गुरुङ संघमा सिफारिस

तनहुँ | भदौ २०, २०७९

गण्डकी प्रदेशको मुख्यमन्त्री दावेदार गुरुङ संघमा सिफारिस


तनहुँ । नेकपा एमालेका स्थायी कमिटी  सदस्य किरण गुरुङ संघीय सांसदका लागि सिफारिस भएका छन् । 

 

अघिल्लो प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभाव निर्वाचन लडेका स्थायी कमिटी सदस्य गुरुङ संघीय सांसदका लागि सिफारिस भएका हुन् । 


नेकपा एमाले तनहुँको प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेको हो । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेको सबै भन्दा शिर्ष एवं लोकप्रिय नेता हुन् ।

२०७४ को निर्वाचणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका उम्मेदवारको रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएका थिए । उनीसँगै अध्यक्ष ओलीले तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीकै उम्मेदवार बनाएर प्रदेश सभामा टिकट दिएका थिए ।

 

त्यो बेला अध्यक्ष ओलीले एउटा नेता कथंकथाचित पराजित भएमा विकल्प चाहिन्छ भन्दै २ जना शिर्ष प्रदेश सभामा चुनाव लड्न पठाउनु भएको थियो– एमालेका एक जना शिर्ष नेताले भने–दुवै जना विजयी भएपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दोश्रो वरियतासहित अर्थमन्त्री बनाउनु भएको थियो ।


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्